दाङमा अनेकिम (क्रान्तिकारी )को प्रथम भेला सम्पन्न

0 473

दाङ । हिजो नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी ) लुम्बिनी प्रदेश समितिको प्रथम भेला दाङ जिल्लाको गढवा गापालिकाको गढवा बहुमुखी क्याम्पसमा सप्पन्न भएको छ ।

विद्यार्थी नेता कमरेड मनोज थापाले संचालन गर्नु भएको भेलाको अध्यक्षता अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी ) का प्रदेश संयोजक कमरेड प्रेमबहादुर थापाको रह्यो । साथै , कार्यक्रममा स्वागत मन्तव्य अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का नेता कमरेड नन्दराम रोकायाले राख्नु भयो ।

उक्त कार्यक्रम प्रमुख अतिथि अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी माओवादी ) केन्द्रीय अध्यक्ष कमरेड सिताराम तामाङ तथा अतिथि अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी ) केन्द्रीय महासचिव कमरेड धनेश्वर पोख्रेल , नेकपा ( क्रान्तिकारी माओवादी ) का पिवीएम एवं लुम्बिनी प्रदेश सचिव कमरेड भुपेन्द्र न्यौपाने , केन्द्रीय सदस्य एवं दाङ्ग जिल्ला इन्चार्ज कमरेड समीर ,केन्द्रीय सल्लाहकार समिति सदस्य कमरेड ऋषिराम चौधरी , दाङ्ग जिल्लाका सचिव कमरेड नरेन्द्र वन्जाडे , देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङ्ग जिल्ला समितिका अध्यक्ष ईश्वरी गैरे , अखिल नेपाल ट्रेड युनियन महासंघका लुम्बिनी प्रदेश संयोजक कमरेड राजु भुजेल, र अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका लुम्बिनी प्रदेश संयोजक कमरेड तिलक विक लगायतका नेताहरुको अतिथ्यता रहेको थियो ।

समग्र जवस मोर्चाको तर्फबाट भेलाको सफलताको शुभकामना मन्तव्य अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका लुम्बिनी प्रदेश संयोजक कमरेड तिलक विकले राख्नु भएको थियो ।

नेकपा (क्रान्तिकारी माओवादी ) का पिविएम तथा लुम्बिनी प्रदेश सचिव कमरेड भुपेन्द्र न्यौपानेले समसामयिक परिस्थिति र पार्टीको दृष्टिकोण सहित भेलाको पूर्ण सफलताको निमित्त शुभकामना दिदै ओजस्वी शुभकामना मन्तव्य राख्नु भएको कुरा सूत्रले जनपथ खबरलाई जानकारी गराएको छ ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कमरेड सिताराम तामाङले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थितिको चर्चा सहित प्रशिक्षणात्मक विचारका साथै शुभकामना मन्तव्य राख्नु भयो । उक्त भेलाद्वारा कमरेड प्रेमबहादुर थापा नेतृत्वमा १५ सदस्यीय कमिटी चयन भएको छ । महासंघका महासचिव कमरेड धनेश्वर पोख्रेलले नवनिर्वाचित कमिटीलाई बधाई दिनुभएको थियो ।

You might also like
Loading...