अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)द्धारा जुलुस सहित कोण सभा

0 490

दाङ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को आयोजनामा दाङ जिल्लाको गढवा बजारको चोकमा जुलुस सहित कोण सभा सम्पन्न भएको छ ।

राज्यकै कृषिसम्बन्धी गैरजिम्मेवार नीतिका कारणले किसानका सामु चुनौती थपिएको र किसानले मल, बिउ, किटनासक औषधि समयमै नपाएको भन्दै हिजो उक्त कार्यक्रम भएको हो ।

उक्त कार्यक्रमको संचालन नेकापा (क्रान्तिकारी माओवादी) दाङ जिन्ला सचिव कमरेड परिवर्तनले गर्नु भएको थियो । साथै , कार्यक्रममा सम्बोधन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष सिताराम तामाङले गर्नु भएको थियो । नेकपा )क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज कमरेड समीरले पनि सम्बोधन गर्नु भएको कुरा जनपथलाई जानकारी प्राप्त भएको छ ।

You might also like
Loading...