मकवानपुरमा अवैध लागूऔषध गाँजा सहित पक्राउ

0 209

मकवानपुर । मनहरी गाउँपालिका ७ मनहरी पुल छेउबाट अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन । राक्सिराङ गाउँपालिका २ बस्ने २७ वर्षीय विनोद मोक्तानलाई करिब ५ किलोग्राम अवैध लागुऔषध गाँजा सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा फलासेबाट मनहरीतर्फ पैदल आउँदै गरेका मोक्तानलाई जाँच गर्नेक्रममा झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । सो घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएाको छ ।

You might also like
Loading...