कोभिड–१९ अपडेट: नेपालमा नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

0 501

बर्दिया । नेपालमा पनि कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएको छ । दक्षिण अफ्रिकाबाट आएका दुई जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । सोमबार पत्रकार सम्मेलन गरेर मन्त्रालयले जानकारी दिएको हो ।

उक्त भाईरसको स‌ंकमण देखिएका दुवैजनाले कोरोनाविरुद्धको खोप लगाएका थिए । उहाँहरु क्रमश ६६ र ७१ वर्षका हुनु हुन्छ । साथै एक विदेशी नागरिक हुन । अहिले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ ।

यो भेरीएन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। हालसम्म यो भेरिएन्ट विश्वका ३५ देशहरुमा फैलिसकेको जानकारी प्राप्त भएको छ र यी देशहरुमा आजको मितिसम्म ५७४ जना ओमिक्रोन भेरिएन्ट संक्रमित देखिएका छन् ।

विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमीक्रोनको उच्च जोखिम रहेको उल्लेख छ। दक्षीण एशियाका केहि देशहरुमा समेत यो भेरिएन्ट पुष्टि भैसकेको छ क्ष् यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा बैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ।

You might also like
Loading...