एमसीसी सम्झौताका विरुद्ध क्रान्तिकारी माओवादीद्धारा लगातार विरोध प्रदर्शन

0 398

बर्दिया । राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) लगातार विरोध प्रदर्शन गर्ने भएको छ । क्रान्तिकारी माओवादी निकट जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चले भोलि २२ गते राष्ट्रघाती एमसीसी सम्झौता र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

त्यसैगरी निरन्तर रुपमा २३ र २४ गते सम्म बिरोध कार्यक्रम सार्वजनिक गएिका छन । क्रान्तिकारी माओवादी सम्बद्ध जनवर्गीय तथा मोर्चा संगठनहरुको संयुक्त आयोजनामा माइतीघर मण्डलामा विहिबार बिरोध प्रदर्शन हुने भएको छ । उक्त कार्यक्रम १२ बजे सुरु हुने बताइएको छ ।

साथै, मंसिर २४ गते क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा लगायत २६ वटा राजनीतिक संगठनहरुको आयोजनामा विरोध प्रदर्शनको आयोजना गरिएको छ । माइतीघर मण्डलाबाट नाराजुलुस लगाउँदै संसद भवन अगाडि पुगेर विरोधसभाको कार्यक्रम हुने बताइएको छ ।

You might also like
Loading...