राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै बिरोध सभा

0 268

दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) दाङ जिल्ला समितिको आयोजनामा दाङको तुलसीपुरमा एमसीसी सम्झौता खारेजीको माग गर्दै बिरोध सभा सम्पन्न भएको छ ।

तुलसीपुर को विद्युत कार्यालय अगाडिबाट एमसीसी सम्झौता विरुद्ध राष्ट्रघाती एमसीसी खारेज गर, बैदेशिक हस्तक्षेप बन्द गर, लिपुलेक,कालापानी हाम्रो हो ,भारतीय विस्तारवाद कालापानी छोड जस्ता नारा जुलुस सहित बिरेन्द्र चोक, बिपि चोक हुँदै बसपार्कमा पुगेर आमसभामा जुलुस परिणत भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) दाङ जिल्ला सचिव नरेन्द्र बञ्जाडेको सभापतित्वमा भएको कार्यक्रममा नेकपा (क्रान्तिकारी माआवादी) दाङ जिल्ला इञ्चार्ज समीर केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी उक्त कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरे , अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव रामजि चौधरी , क्रान्तिकारी युवा लिग नेपालका केन्द्रीय महासचिव दिल बहादुर कठायत लगाएतको उपस्थिति थियो ।

त्यस कार्यक्रममा वक्ताहरूले मन्तब्य राख्दै एमसीसी नेपाल र नेपाली जनताको हितमा नरहेको , एमसीसी सम्झौताले देश अस्थिरता तिर जाने, द्वन्द बढने र नेपाल रणनीतिक रुपमा द्वन्द्वग्रस्त हुने ,जहाँ अमेरिका छिर्छ त्यो देश खण्डहरुमा परिणत हुने विस्वका घटनाले देखाएकोले कुनै पनि हालतमा एमसीसी ससदबाट पास गर्न नहुने कुरामा जोड दिए ।

कोणसभामा बोल्ने वक्ताहरुले राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्ने माग गरेका छन । आउदो संसद अधिवेशन मा एमसीसी संसदमा टेबुल गर्ने र यहीँ अधिवेशनमा एमसीसी पास गर्ने योजनामा यी दलालहरु रहेकोले स्वाभिमानी नेपाली जनता आन्दोलनमा उत्रिनु पर्ने आज आवश्यकता भएको कुरामा जोड दिए । एमसीसी पास भैहाले देश, जनता र हाम्रो भावी पुस्ताले हामीलाई धिक्कार्नेछ र इतिहासले हामी नेपाली लाई सधैं गद्दार भन्नेछ । साथै, नेपाल र नेपालीको स्वाभिमानी गुम्ने खतरा भएकोले सम्पुर्ण नेपाली एकजुट भई आन्दोलनमा होमीन आग्रह गरे । सो कार्यक्रमको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी)का सचिवालय सदस्य तिलक बिकले गर्नुभएको थियो ।

You might also like
Loading...