एमसीसी पास गर्न दिँदैनौं: नेता गजुरेल

एमसीसी पास गर्न खाेेजे स्थिति बिष्फाेटक बन्न सक्ने चेतावनी

0 316

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी जस्ताे राष्ट्रघाती सम्झाैता  सदनबाट पास गर्ने षड्यन्त्र भइरहेकाेले त्यसलाई असफल पार्न आफुहरु हस्तक्षेपकारी आन्दाेलनकाे तयारीमा रहेकाे बताउनु भएकाे छ । देशमा यतिखेर एकातिर साम्राज्यवाद र विस्तारवादका दलाल र अर्काेतिर देशभक्तहरुकाे ध्रुवीकरण हुँदै गएकाे दाबी गर्दै अध्यक्ष गजुरेलले षड्यन्त्रपुर्वक एमसीसी पास गर्न खाेेजे स्थिति बिष्फाेटक बन्न सक्ने चेतावनी दिनु भयाे ।
पार्टी, जबस माेर्चाले काठमाडौं उपत्यका लगायत देशव्यापी रुपमा दैनिकजसो प्रदर्शन गरिरहेकाे जानकारी दिनुहुँदै उहाँले आम देशभक्त जनसमुदायलाई देशकाे स्वाधीनता रक्षाका लागि आन्दाेलनमा उत्रन आव्हान समेत गर्नु भयाे ।

अध्यक्ष गजुरेलले भाेलि जबस माेर्चाकाे, पर्सि २६ दलकाे र त्यसपछि ६ वटा राजनीतिक पार्टीको संयुक्त आयाेजनामा सशक्त विराेध प्रदर्शनका कार्यक्रमकाे आयाेजना गरिएकाे जानकारी दिनु भयाे ।

माओवादी केन्द्रका नेता लिलामणी पाेखरेल, विज्ञ डा.सुर्यराज आचार्य लगायतले पनि एमसीसी सम्झाैतामा भएका राष्ट्रघाती प्रावधानहरुकाे दफाबार चर्चा गर्दै खारेज गर्नैपर्ने विचार व्यक्त गर्नुभयाे ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चले आयाेजना गरेकाे एमसीसी सम्झाैता र राष्ट्रिय स्वाधीताकाे प्रश्न विषयक अन्तर्क्रिया कार्यक्रममा नेताहरुले एमसीसी सम्झाैता खारेजीका लागि हस्तक्षेपकारी आन्दाेलनकाे आवश्यकतामाथि जाेड दिनु भएकाे थियाे । कार्यक्रमकाे अध्यक्षता सम्पर्क मञ्चका अध्यक्ष विष्णु खड्काले गर्नु भएकाे थियाे ।

You might also like
Loading...