कपिलवस्तुमा अखिल (क्रान्तिकारी )को संगठन विस्तार

0 213

कपिलवस्तु वाणगंगा । मोहन वैद्य ¨किरण¨ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी ) ले संगठन निर्माणको अभियानलाई तीव्र गतिका साथ अगाडि बढाएको छ ।

यसैगरी कपिलवस्तु जिल्लाका विभिन्न क्याम्पसहरुमा संगठन विस्तार अभियान संचालन गरिरहेको कुरा अखिल (क्रान्तिकारी )  नेता मनोज थापाले जनपथलाई जानकारी गराउनु भएको छ ।

आज श्री जनज्योति माध्यमिक विद्यालय अन्तर्गत कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुको भेलाद्वारा अमृता भट्टराईको अध्यक्षतामा १३ सदस्यीय कमिटी चयन भएको छ ।

वर्तमान समयमा दलाल पुँजीवादी संसदीय पार्टीहरु उनीहरुको विद्यार्थी संगठन यथास्थिति, प्रतिगमन र प्रतिक्रान्तिको गलत मार्गमा लिप्त भएपछि नेपाली समाजमा रहेका विद्यमान विकृति विसंगति, जनताको जनतन्त्र र जनजिविकालाई प्रभावित पार्ने सरकारी तथा गैरसरकारी कदमका विरुद्ध अखिल (क्रान्तिकारी ) लडिरहेको संगठनका एक नेताले बताए ।

नेपालको शिक्षा क्षेत्रमा मौलाएको नीजिकरण, व्यपारिकरण, माफियाकरण, दलालीकरण, भ्रष्टीकरण, जनताको मौलिक हकका विरुद्ध हुने सबै खाले प्रतिक्रियाहरुको विरुद्ध तथा नेपाली विद्यार्थी आन्दोलन र समग्र राजनैतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक परिवर्तनका खातीर सडकबाट नैै अखिल (क्रान्तिकारी)ले भुमिका खेलिरहेको विद्यार्थी नेताले चर्चा गर्नुभयो ।

You might also like
Loading...