जन–राष्ट्रघाति एमसीसी सम्झौताको बिरोधमा (एमसीए) को कार्यालय घेराउ

0 276

बर्दिया । मोहन वैद्य ¨किरण¨ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले जन–राष्ट्रघाति एमसीसी सम्झौताको बिरोधमा (एमसीए) को कार्यालय घेराउ गरेका छन् । आज दरबारमार्ग स्थित नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले एमसीए, नेपालको कार्यालय घेराउ गरेका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका नेता एवं देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेर्स्याइएको तरबार भएको बताउनु भएको छ । घेराउपछि आयोजित उक्त कोणसभामा बोल्दै नेता गजुरेलले त्यस्तो बताउनु भएको हो । उहाँले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिनुभयो।

You might also like
Loading...