कोहलपुरमा एमसीसी सम्झौताका विरुद्ध २६ दलीय संयुक्त मोर्चाले गरे जुलुससहित कोण सभा

0 228

बाँके । नेकपा (क्रान्तिकारी माओवादी) लगायत २६ दलीय संयुक्त मोर्चाको आयोजनामा कोहलपुर चोकबाट सुरु गरिएको जुलुस साझा चोक हुँदै न्यूरोड चोकमा पुगेर कोण सभामा परिणत भई सम्पन्न भएको छ ।

राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्धमा आयोजित कार्यक्रममा प्रमुख वक्ता तथा नेकपा (क्रान्तिकारी माओवादी) पोलिट ब्युरो सदस्य एवं पार्टीका लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले सम्बोधन गर्नु भएको थियो ।

सम्बोधनको क्रममा नेता न्यौपानेले एमसीसी नेपाललाई रणभूमि बनाउने र चिन घेर्ने रणनीति अन्तर्गत इण्डो(प्यासिफिक स्ट्राटेजीकै अंग भएकोले कुनै पनि हालतमा खारेज गर्नु पर्ने धारणा राख्नु भयो । साथै , आजको वस्तुगत आवश्यकता तथा राष्ट्रिय आवश्यकताको विषय बनेकाले सबै देशभक्त , सच्चा राष्ट्रवादी तथा क्रान्तिकारी कम्युनिस्टहरु राष्ट्रिय मुक्ति आन्दोलनमा आउन समेत अपिल गर्नु भयो ।

उक्त कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा , नेपालका केन्द्रीय सदस्य कमरेड लक्ष्मी चौलागाईं , नेकपा मसलाका नेता कमरेड तुलसी सापकोटा , नेकपाका बाँके सचिव कमरेड अनिल , र राष्ट्रिय जनमोर्चाका नेता कमरेड कृष्ण पाण्डेले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्नु पर्ने धारणा राख्नु भएको थियो । साथै, उक्त कार्यक्रमको संचालन नेकपाका जिल्ला नेता विष्णु जिसीले गर्नु भएको थियो ।

You might also like
Loading...