एमसीसी विरुद्धमा प्रदर्शन: सरकार आतङ्कित भएर देशभक्त नेपाली जनतामाथि दमन गर्दै

0 289

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसदबाट पारित नगर्न भनी विरोध प्रदर्शन गर्ने नेकपा (क्रान्तिकारी माओवादी) लगायत दलहरुका नेता तथा कार्यकर्ता एवं देशभक्त नेपाली जनतामाथि सरकार आतङ्कित भएर दमन गरेको छ । आज संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गर्ने क्रममा उक्त प्रहरी दमन भएको हो ।

नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा एमसीसी परियोजनाका विरुद्ध नाराबाजी सहित प्रदर्शन गरिरहेका देशभक्त नेपाली जनतामाथि प्रहरीले लाठीचार्ज गरेको छ । राष्ट्रघाती एमसीसी संझौताका विरुद्ध खडा भएका देशभक्त नेपाली जनतामाथि गरिएको सरकारी दमनबाट नेकपा (क्रान्तिकारी माओवादीका करिब दुई दर्जन नेता कार्यकर्ता घाइते भएका छन । साथै, ६ दर्जन भन्दा बढी नेताकार्यकर्ता पक्राउ परेका छन । आजदेखि सुरु भएको संसद अधिवेशनको एउटा मुख्य एजेण्डा एमसीसी भएको दलहरुले बताएका छन ।

यस कार्यक्रमा भएको सरकारी दमन नेपाली दलाल शासकहरु अमेरिकी साम्राज्यवाद र एमसीसी परियोजनाका विरुद्ध बढिरहेको जनसमर्थनबाट कति धेरै आतङ्कित रहेछन् भन्ने कुराको एउटा गतिलो प्रमाण भएको एक नेताले बताएका छन ।

राष्ट्रिय स्वाधिनताको आन्दोलनमा गिरफ्तार गरिएका सम्पूर्ण नेता तथा कार्यकतालाई अविलम्ब रिहाइका लागि सरकारसँग नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले जोडदार माग समेत गरेको छ । साथै, राष्ट्रघाती एमसीसी परियोजना खारेजीका लागि जोडदार आवाज उठाउन नेकपा (क्रान्तिकारी माओवादी) पार्टी सम्पूर्ण देशभक्त नेपालीलाई आह्वान गरेको छ ।

You might also like
Loading...