पश्चिम नवलपरासीमा एमसीसीको विरुद्ध कोण सभा

0 215

नवलपरासी । नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले जमुनियामा कोण सभा गरेर एमसीसीको बिरोध गरेको छ । मंगलबार आयोजित कोण सभामा बोल्दै अखिल नेपाल रास्ट्रिय शिक्षक सङगठनका केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश संयोजक क्षेत्र बहादुर थापाले रास्ट्र्घाती एमसीसी संसदबाट पास गर्ने जनप्रतिनिधि जनताले गाउँगाउँ बाट लखेट्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासङ्घका महासचिव रवि पान्डेयले एमसीसी सम्झौताले नेपालको संविधान भन्दा हुने प्रावधानले यसमा रास्ट्र्घात रहेको उल्लेख गर्नुभयो । उहाँले रास्ट्रको बौद्धिक सम्पती अमेरिकी साम्राज्यवादको हात जाने भएकोले पत्रकारहरुले पनि यसको बिरोध गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी छबिलाल खरेलले रास्ट्रघाती एमसीसी खारेजीको आन्दोलन गाउँ गाउबाट उठेर दलालहरुका विरुद्ध लाग्नु पर्ने बताउनु भयो । त्यस्तै देशभक्त जनगणतन्त्रिक मोर्चाका जिल्ला संयोजक चुडामणि भन्डारीले अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारवाद्बाट रास्ट्रलाई स्वाधीन बनाउन रास्ट्रघाति जनघाती सन्धी सम्झौता खारेज गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कोणसभा अघि एमसीसीको विरुद्ध नाराबाजी गरिएको थियो ।

You might also like
Loading...