एमसीसीका विरुद्ध देशभर क्रान्तिकारी माओवादी लगाएतका दलको विरोध प्रदर्शन

0 201

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा (मसाल), नेकपा (माले), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपाल र राष्ट्रिय जनमाेर्चाकाे संयुक्त आयाेजनामा आज (मंगलबार, ६ गते) राष्ट्रघाती एमसीसी सम्झाैता खारेजीकाे माग गर्दै देशैभर विराेध प्रदर्शन भएकाे छ ।

काठमाडौंकाे माइतीघर मण्डलाबाट निस्किएकाे विराेध र्याली नयाँ बानेश्वरस्थित संसद भवन अगाडि पुगेर विराेध सभामा परिणत भएकाे छ । विराेध र्यालीलाई आयाेजक पार्टी तथा माेर्चाका नेताहरुले सम्बाेभन गरेका छन् ।

सातवटै प्रदेश र जिल्लाका मुख्य सहरहरुमा पनि विराेध प्रदर्शन भइरहेकाे छ । शेरबहादुर देउवा नेतृत्वकाे सरकारले एमसीसी सम्झाैता संसदमा टेबल गर्ने प्रक्रियालाई तीव्रता दिएपछि देशैभर विराेध प्रदर्शन भइरहेकाे छ । आठ दलकाे विराेध प्रदर्शनलाई लक्षित गरि ठुलाे संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।

फोटोफिचर




You might also like
Loading...