राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध कोहलपुरमा र्याली सहित कोण सभा

0 292

बाँके । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसदबाट पारित नगर्न भनी कोहलपुरमा र्याली सहित कोण सभा सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा (मसाल), नेकपा (माले), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा आज भएको उक्त कार्यक्रममा राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन भएको हो ।

बाँकेको कोहलपुर न्यूरोडबाट निस्किएको नाराजुलुस सहितको विरोध र्याली पिपलचौतारामा पुगेर विरोध सभामा परिणत भएको छ । विरोध र्यालीलाई आयोजक पार्टी तथा मोर्चाका नेताहरुले सम्बोभन गरेका छन् । सम्बोधनको क्रममा नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका केन्द्रीय सदस्य तथा बाँके बर्दिया इन्चार्ज तेज बिक्रम शाहीले एमसीसी नेपाललाई रणभूमि बनाउने र चिन घेर्ने रणनीति अन्तर्गत इण्डो प्यासिफिक स्ट्राटेजीकै अंग भएकोले कुनै पनि हालतमा खारेजी गर्नु पर्ने बताउनु भयो ।

उक्त विरोध कार्यक्रमको संचालन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालकी केन्द्रीय सदस्य लक्ष्मी चौलागाईले गर्नु भएको थियो । साथै, सो कार्यक्रममा मन्तव्य नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका केन्द्रीय सदस्य तथा बाँके बर्दिया इन्चार्ज तेज बिक्रम शाही,नेकपा मसालबाट कृष्णराज पाण्डे र नेकपाका नगर इन्चार्ज कृष्ण शाही लगाएतले राख्नु भएको थियो ।

You might also like
Loading...