कपिलवस्तुमा अखिल (क्रान्तिकारी) को संगठन बिस्तार अभियान
कपिलवस्तु । कपिलवस्तु जिल्लाका विभिन्न स्कुल तथा क्याम्पसहरुमा मोहन वैद्य “किरण” नेतृत्वको नेकपा (क्रान्तिकारी माअोवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले आफनो संगठन बिस्तारलाई तीव्र पारेकाे छ । यसै क्रममा जिल्लाकाे सिद्धार्थ बहुमुखी क्याम्पसमा एक कार्यक्रमकाबीच ७ सदस्यीय कमिटी गठन गरिएको छ।
जसमा अध्यक्ष- राम्र कृष्ण थारु, उपाध्यक्ष- अमृता थारु , सचिव- बन्दना भैर्य, सहसचिव- प्रेम कुमार थारु ,कोषाध्यक्ष – निकिता के.सी, सदस्यहरूमा सरिता यादव, निशा थारु रहेका छन्। उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का प्रदेश सदस्य मनोज थापा, लगायतका नेताहरुकाे उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) प्रदेश सदस्य थापाले अतिक्रमित नेपाली भुमि फिर्ता, एमसीसी खारेजी, शिक्षा-स्वास्थ्य क्षेत्रका विकृति विसंगती, महंगी, भ्रष्टाचार लगायतका विषयलाई लिएर संगठन निरन्तर संघर्षकाे मैदानमा रहेकाे चर्चा गर्दै आम सचेत युवा विध्यार्थीहरु अब चुप लागेर बस्न नहुने बताउनु भयाे । प्रदेश सदस्य थापाले विद्यालय, क्याम्पसमा हुने भ्रष्टाचार, अनियमितता, ढिला सुस्ती लगायत तमाम बेथितिका विरुद्द संघर्ष गर्ने बताउनु भएको छ ।
उहाँले संगठन र संघर्षलाई जिल्लाका सबै स्कुल क्याम्पसहरुमा एक साथ अभियानकाे रुपमा ससञ्चालन गरिने पनि बताउनु भयाे ।