अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको संगठन विस्तार

0 176

कपिलवस्तु । कपिलवस्तुको बाणगङगा – ६ कोइली बनगाइमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तरगत मजदुर संगठन र रास्ट्रिय उद्योग तथा ब्यापार महासघको संगठन बिस्तार गरिएको छ । ट्रेड युनियनमा कवाड संकलन केन्द्रका मजदुर बिष्णु प्रसाद चौहानको अध्यक्षमा ९ सदस्यीय इकाई समिती गठन भएको छ ।

समितिको सचिबमा रिजवान कुजडा र सदस्यहरुमा साजनलाल यादव, अख्तर कुजडा, राइनी कुजडा ,रामशन्कर यादव ,मनिराम चौहान , धर्मेन्द्र गुप्ता र बर्साती तेलि रहनुभएको छ । त्यस्तै व्यापार संगठन अन्तरगत औँठी व्यापार संगठन सकिउल्लाह अन्सारीको संयोजकत्वमा ५ सदस्यीय इकाई कमिटी गठन गरिएको छ । समितिको सदस्यमा मुस्लिम मिया अन्सारी ; नैनुल्लाह मिया ; करमुल्लाह मिया र रफिक मिया रहनुभएको छ ।

उक्त भेलामा नेकपा क्रान्तिकारी माओवादी पोलिट्ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपाने र अर्का पोलिट्ब्युरो सदस्य तथा कपिलवस्तु इन्चार्ज धनेश्वर पोख्रेलले प्रशिक्षण दिनु भएको थियो ।

You might also like
Loading...