बाणगङगा क्याम्पसमा अखिल क्रान्तिकारीको इकाई गठन

0 176

कपिलवस्तु । बाणगङगा बहुमुखी क्याम्पसमा नेकपा ( क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी )ले पुजा परियारको अध्यक्षतामा १३ सदस्यीय क्याम्पस इकाई समिती गठन गरेको छ ।

समितिको उपाध्यक्षमा शर्मिला बेल्वासे सचिवमा सुमित्रा बेल्वासे सहसचिव सुमित्रा आचार्य कोसाध्यक्षमा अस्मिता सुनार सदस्यमा सुनिता बेल्वासे, बिमला अधिकारी , संगीता बन्जाडे , कौसिल्या गैरे ,रमा भट्टराई ,उषा अधिकारि र कबिता पोख्रेल रहनु भएको छ ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पोलिट्ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपाने र अर्का पोलिट्ब्युरो सदस्य धनेस्वर पोखरेल ले प्रशिक्षण दिनुभएको कार्यक्रममा अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश सदस्य मनोज थापाले सहजीकरण गर्नु भएको थियो ।

You might also like
Loading...