कोहलपुरमा अखिल क्रान्तिकारीको इकाई समिती बिस्तार

0 437

कोहलपुर । अखिल क्रान्तिकारीले लक्ष्मी मावि कोहलपुर २ बर्गदवामा इकाई समिती बिस्तार गरेको छ । नेकपा ( क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारीले कक्षा ११ मा अस्मिता भुसाल र कक्षा १२ को ब्यवस्थापनमा रितु बिस्टको अध्यक्षतामा कमिटी गठन गरेको छ ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य एवं प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले प्रशिक्षण दिनुभएको थियो । उक्त कार्यक्रममा प्रशिक्षण दिने क्रममा न्यौपानेले नेपालको शिक्षा क्षेत्रमा मौलाएको नीजिकरण, व्यपारिकरण, माफियाकरण, दलालीकरण, भ्रष्टीकरण, जनताको मौलिक हकका विरुद्ध हुने सबै खाले प्रतिक्रियाहरुको विरुद्ध तथा नेपाली विद्यार्थी आन्दोलन र समग्र राजनैतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक परिवर्तनका खातीर विद्यार्थीहरु डटेर लाग्नु पर्नेमा जोड दिनुभयो ।

You might also like
Loading...