बाँकेमा १२९ औँ माओ दिवस भव्य रुपमा मनाइयो

0 302

बाँके । १२९ औ माओ दिवस कोहलपुरस्थित मदनचोकमा एक कार्यक्रम आयोजना गरि सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी ) पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले माक्र्सवादको तीन संगठक अङग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादकोबारेमा चर्चा गर्नुभयो ।

न्यौपानेले माओलाई सम्झने सन्दर्भमा जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानीक समाजवाद हुँदै साम्यवादको लक्ष्यलाई दृढताका साथ जसले पक्रन्छन तिनीहरुले मात्र माओलाई सम्झनुको अर्थ भएको जिकिर गर्नुभयो । साथै, उहाँले माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्तको रुपमा राजनीतिक कार्यदिशा तय नगर्ने कम्युनिस्ट पार्टीहरुले आफुहरु कम्युनिस्ट भएको अभिनय मात्र गरिरहेको बताउँनु भयो ।

कार्यक्रममा देजमोका केन्द्रीय सदस्य लक्ष्मी चौलागाइ, किसान महासङघका प्रदेश संयोजक प्रेम थापा र क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डे लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य तथा बाके बर्दिया इन्चार्ज तेज बिक्रम शाहीको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रमको संचालन कविराज यात्रीले गर्नुभएको थियो ।

You might also like
Loading...