बर्दियामा १२९ औँ माओ दिवस र्याली सहित कोण सभा गरेर मनाइयो

0 248

बर्दिया । बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा १२९ औ माओ दिवस र्याली सहित कोण सभा गरेर मनाइएको छ । उक्त कार्यक्रम नेकपा क्रान्तिकारी माओवादी बर्दिया जिल्ला समितिको आयोजनामा गरिएको थियो ।

सो कार्यक्रममा प्रमुख आतिथ्यता नेकपा (क्रान्तिकारी माओवादी ) पार्टीका जिल्ला सचिव विपिन क्षेत्रीको रहेको थियो । माओदिवसको सन्दर्भमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै विपिनले दक्षिणपन्थी अवसरवादी तथा नवसंशोधनवादीहरुले माक्र्स, लेनिन र माओकै नाम बेचेर इमान्दार कम्युनिस्ट नेता कार्यकर्ताहरुलाई भ्रमित पारिरहेको बताउँनु भयो ।

कार्यक्रमको संचालन सुरजले गर्नुभयो भने सभापति पार्टी वाड सचिव हरिकृण थारूले गर्नु भयो । साथै, सोही पार्टीका जिल्ला सचिवालय सदस्य विशाल अतिथि रहनु भएको थियो ।

You might also like
Loading...