साना किसान कृषि सहकारी संस्थामा तालाबन्दी: सामाजिक सम्पतिमा व्यक्तिगत लाभ उठाउनेहरुको ¨इगो¨को खेल

0 942

बर्दिया । बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नं. १ स्थित भुरिगाउँमा रहेको नेउलापुर साना किसान कृषि सहकारी संस्था लि. मा तालाबन्दी गरिएको छ । यहीँ पौष १४ गते निवर्तमान अध्यक्ष देवानन्द जैसीले एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त संस्थामा तालाबन्दी गरिएको हो । उक्त पक्षले कर्मचारी र निर्वाचन समितिको मिलेमतोमा सेयर सदस्यको अधिकार हनन् गरी राजनैतिक पूर्वाग्रहले संस्था नै कब्जा गरेर आर्थिक हिनामिना हुने सक्ने भएकाले तालाबन्दी लगाइएको जनाएको छ ।

साथै, वर्तमान अध्यक्ष देवीदत्त गौत्तमले कुनै पनि राजनैतिक पूर्वाग्रह नभई नेउलापुर साना किसान कृषि सहकारी संस्था लि.को नीति नियम एवं सहकारीका मूल्यमान्यतामा रही आफु अध्यक्षमा निर्वाचित भएको दावी गर्नुभएको छ । उहाँले जनपथ खबरसंग कुरा गर्दै आफुहरु नियमनकारी निकायसित समन्वयन गरी कार्यालय संचान गर्ने बताउनु भएको छ ।

यी सबै परिघटनाले समाज सेवासँग जोडिएको सहकारी संस्थामा यसरी राजनैतिक खिचातानी हुनु सामाजिक सम्पतिमा व्यक्तिगत लाभ उठाउनेहरुको ¨इगो¨ को खेल भएको प्रष्ट बुझ्न सकिन्छ ।

समुदायको सम्पति लुट्ने दाउपेजमा रहनेहरुको प्रतिस्पर्धाले सहकारी जस्तो सामाजिक हितमा गठन गरिएका संस्थाहरु दलाल पुँजीको प्रभाव भित्र भ्रष्ट्रकृत भएका छन । समग्रमा भन्नु पर्दा संस्थाहरुमा नीतिगत तथा संस्थागत भ्रष्ट्राचारले निकै सिमा पार गरेका छन । फलस्वरुप नेउलापुर साना किसान कृषि सहकारी संस्था लि. मा लगाइएको तालाबन्दीले पुष्टी गर्दछ ।

You might also like
Loading...