अखिल नेपाल लेखक संघको दोस्रो राष्ट्रिय भेला सम्पन्न

0 173

चितवन । अखिल नेपाल लेखक संघको दोस्रो राष्ट्रिय भेलाले मित्रलाल पंज्ञानीको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

समितिको उपाध्यक्षहरुमा यज्ञबहादुर डाँगी , छायादत्त न्यौपाने , परशुराम कोईराला , रविकिरण निर्जीव , शीला योगी, महासचिवमा अनिल श्रेष्ठ , सचिवहरु ईश्वरी गुरागाई, विजयराज आचार्य , कोषाध्यक्षमा पूर्ण बहादुर अधिकारी तथा सदस्यहरुमा देवेन्द्र लम्साल ,धनेश्वर पोख्रेल , प्रभात सापकोटा , चित्र बहादुर थारु, लोकराज रेग्मी, नारायण शर्मा विपिन हुनुहुन्छ ।

सदस्यमा प्रकाश खनाल , रेवतीरवण खनाल ,उमेश आचार्य , सुकुम शर्मा , सुनिता बुढाथोकी ,ईन्दिरा अधिकारी , पुण्य आचार्य , मिसम अधिकारी ,खगेश्वर सापकोटा ,बाबुराम गिरी, अर्जुन ढकाल, सूर्य भट्टराई ,पूर्ण सुनार, नारायण न्यौपाने , विमला चन्द ,गोपाल वैद्य , सिताराम केसी ,शितल कर्ण, लक्ष्मी चौलागाईं र ईश्वरी प्रसाद गैरे चयन हुनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. जगदीशचन्द्र भण्डारी , विशिष्ट अतिथि क्रान्तिकारी माओवादीका पिबिएम चन्द्रहरि सुवेदी , अतिथिहरुमा अम्बिका मुढवरी, रोशन जनकपुरी, हिरामणि दुःखी, धनेश्वर पोख्रेल , रवि पाण्डे , बलराम तिमिल्सिना , घननाथ सापकोटा लगायत हुनुहुन्थ्यो ।नवनिर्वाचित कार्यसमितिलाई बधाई डा. नन्दिश अधिकारी र प्रतिबद्धता मन्तव्य नवनिर्वाचित अध्यक्ष मित्रलाल पंज्ञानीले व्यक्त गर्नुभएको छ।

You might also like
Loading...