दाङमा अखिल (क्रान्तिकारी)द्धारा एमसीसी सम्झौताका विरुद्ध बिरोध कार्यक्रम

0 207

दाङ । एमसिसि खारेजीको माग गर्दै आज बिरोध कार्यक्रम गरिएको छ । अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) दाङको आयोजनामा एमसिसि खारेजी तथा चर्को शुल्क खारेजीको माग सहित बिजौरीमा बिरोध कार्यक्रम गरिएको हो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष मनोज थापाले राष्ट्रियतालाई बन्धकी राखेर भावी पुस्तालाई अमेरिकाको दास बनाउने परियोजना एमसिसि मान्य नहुने बताउनुभयो । संसदबाट अनुमोदन गरि नेपालको राष्ट्र र राष्ट्रियतामा गम्भीर आच पुग्ने भएकोले यसका बिरुद्ध स्वाभिमानी बिद्यार्थी युवा, नेपाली जनता सडकमा आउनपर्ने बताउनु भएको छ ।

हिराको कचौरो समातेर भिख थाप्ने र भिख माग्ने नेताहरूको बिरुद्ध शसक्त बिद्रोह गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउदै नेपाली जनताको टाउकोमा जवरजस्ति यो एमसिसि परियोजना भिडाउन खोजेको बताउनुभयो ।

एमसिसि नेपालमा बिकासका नाममा आएपनि अपगानिस्थानबाट लखेटिएका अमेरिकी सेना राख्ने उपयुक्त भुमि नेपाल भएको, यहाँबाट चिन रुस र कोरिया समेत घेर्ने रणनीतिक भएको बताउनुभयो ।

यस्तै उहाँले जनता सँस्कृत मा बि बिजौरीमा सिटिईभिटिई द्धारा अनुमति प्राप्त तीन बर्षे कृषि बालीबिज्ञानको शुल्कमा १५ प्रतिशत छुट दिएको तर बिद्यालयले उक्त छुट नदिएको अधिकतम शुल्क एक लाख नब्बे हजार तोकिएकोमा बिद्यालयले दुई लाख पच्चीस हजार रुपैयाँ उठाएको हुँदा तत्काल तोकिएको रकम भन्दा बढी लिएको रकम फिर्ता गर्न र १५ प्रतिशत छुट तत्काल कार्यान्वयन गर्न आग्रह गर्नु भएको छ ।

You might also like
Loading...