अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)प्रदेश नम्बर १ को भेला सम्पन्न

प्रदेश स्तरिय अभियान सञ्चालन गर्ने निर्णय

0 230

उदयपुर । मोहन वैद्य ¨किरण¨ नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) निकटअखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) प्रदेश नम्बर १ को प्रथम भेला उदयपुर जिल्लाको लालपत्तामा सम्पन्न भएको छ । आज महासंघका केन्द्रीय सदस्य लोमनाथ अधिकारीको संयोजकत्वमा ३ जना पछि थप्ने गरी ११ सदस्यीय प्रदेश समिति गठन गरिएको हो। साथै, अन्य सदस्यहरुमा कृष्ण ढकाल,खोज बहादुर,हरिपर्साद दाहाल, राजु दाहाल,टीका बहादुर तामाङ, लभ कुमार बि क, बि बि राई लगायत रहनु भएको छ ।

उक्त भेलामा महासंघका केन्द्रीय अध्यक्ष कमरेड सिताराम तामाङको प्रमुख आतिथ्यता रहेको थियो, भने बिशेष अतिथिमा महासचिव धनेश्वर पोख्रेल र अन्य अतिथिहरुमा प्रदेश सचिव उदय,सि सि एम दिल्ली बोहोरा रहनु भएको थियो।कार्यक्रमको अध्यक्षता बिमलले गर्नु भएको थियो। उक्त भेलाले प्रदेश समिति गठन गर्नुका साथै माघ २० गते देखि प्रदेश स्तरिय अभियान सञ्चालन गर्ने निर्णय गरेको एक नेताले जनपथ खबरलाई बताए ।

You might also like
Loading...