नेपालगन्जमा अखिल (क्रान्तिकारी )को संगठन विस्तार

0 362

नेपालगन्ज । मोहन वैद्य ¨किरण¨ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी ) ले संगठन निर्माणको अभियानलाई तीव्र गतिका साथ अगाडि बढाएको छ । बिहीवार महेन्द्र बहुमुखी क्याम्पस अन्तर्गत बिबिएसमा अध्यनरत विद्यार्थीहरुको भेलाद्वारा सम्झना खत्रीको अध्यक्षतामा ९ सदस्यीय कमिटी चयन भएको छ । जस्मा उपाध्यक्ष समशेर खत्री सचिव आसिश ठाकर सहसचिव अविस सिद्धिकी कोषाध्यक्ष अमन बैध्य सदस्यहरुमा सत्यम बैध्य करिस्मा कुवंर र टोपेन्द्र न्यौपाने रहनु भएको छ ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का प्रदेश सदस्य मनोज थापा, नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी सुरेश वंलीको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) प्रदेश सदस्य थापाले अतिक्रमित नेपाली भुमि फिर्ता, एमसीसी खारेजी, शिक्षा-स्वास्थ्य क्षेत्रका विकृति विसंगती, महंगी, भ्रष्टाचार लगायतका विषयलाई लिएर संगठन निरन्तर संघर्षकाे मैदानमा रहेकाे चर्चा गर्दै आम सचेत युवा विध्यार्थीहरु अब चुप लागेर बस्न नहुने बताउनु भयाे ।

नेपालको शिक्षा क्षेत्रमा मौलाएको नीजिकरण, ब्यापारिकरण, माफियाकरण, दलालीकरण, भ्रष्टीकरण, जनताको मौलिक हकका विरुद्ध हुने सबै खाले प्रतिक्रियाहरुको विरुद्ध तथा नेपाली विद्यार्थी आन्दोलन र समग्र राजनैतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक परिवर्तनका खातीर सडकबाट नैै अखिल (क्रान्तिकारी)ले भुमिका खेलिरहेको विद्यार्थी नेता मनोज थापाले चर्चा गर्नुभयो ।

उक्त क्रार्यमम नेकपा (क्रान्तिकारी माओवादी ) का जिल्ला सेक्रेटरी सुरेश वलिले जनताको जनतन्त्र र जनजिविकालाई प्रभावित पार्ने सरकारी तथा गैरसरकारी कदमका विरुद्ध अखिल (क्रान्तिकारी ) लडिरहेको बताउनुभएको थियो ।

You might also like
Loading...