चिउरा मिलको पट्टामा पर्दा बालकको मृत्यु

0 482

कपिलवस्तु । कपिलवस्तुमा चिउरा मिलको पट्टामा पर्दा बालकको ज्यान गएको छ । जिल्लाको शुद्धोधन गाउँ पालिका वडा नं. २, भुसुडीमा सञ्चालित चिउरा मिलको पट्टामा पर्दा ७ बर्षिया बालकको ज्यान गएको हो ।

भुसुडीमा बस्ने तबारक मुसलमान चिन्कुको पाहुना आएका रुपन्देहीको गैडहवा गाउँ पालिका वडा नं १,भुजौलीका सद्दाम हुसेन मुसलमानको छोरो सुफियान अहमद मुसलमानको ज्यान गएको प्रहरीले जनाएको छ ।

You might also like
Loading...