चलचित्र काँडेतारको सम्पादन कार्य शुरू

0 950

बर्दिया । सिमानामा काँडेतार बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकी संगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको चलचित्र काँडेतारको सम्पूर्ण शुटिङ्ग समाप्त गरे लगत्तै सम्पादन कार्य सुरू गरिएको छ ।

विगतमा देशभक्तिपुर्ण चलचित्रहरूलाई विभिन्न थरिका तत्वहरूबाट गरिएका कर्तुतलाई स्मरण गर्दा थप चुनौति बढेकोले त्यस्ता कर्तुत बिरूद्ध लड्न सबैको सकारात्मक सहयोगको अपेक्षा राखेको निर्देशक तथा कलाकार नवल खड्काले जनपथ खबरसंग बताउनु भएको छ । खड्काले चलचित्र करिब ३ करोडको लगानीमा निर्माणकार्य भईरहेको जानकारी गराउनु भएको छ।

साथै, उहाँले भन्न् भयो–¨अहिलेको कोरोना कहरले पनि सीमा व्यवस्थापनको मागको ओैचित्यता सावित गर्दछ। प्रवेश व्यवस्थापन गरौं । कोरोनालगायत ,सिमा मिच्ने ,तस्करी ,डकैती ,आतङ्कारी गतिविधि ,कालावजारी जस्ता महामारीको नियन्त्रण गर्न सीमानामा काँडेतार बार लगाऔँ ।¨

नेपाल–भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषय चलचित्रले उठाउनेछ । चलचित्रले राष्ट्रलाई पनि झकझकाउने छ । नवल खडकाको निर्देशकमा तयार भएको चलचित्रलाई सौरभ लामाले खिचेका हुन् ।

यस चलचित्रमा कार्यकारी निर्माता सत्यकला राई, लेखन शिवम् अधिकारी र नवल खड्का, द्वन्द निर्देशक श्री श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, एसोसियट निर्देशक रामशरण कोईराला, कास्टिङ्ग निर्देशक केशव रायमाझी , सम्पादन तारा थापा किम्भे, प्रोडक्सन हेड प्रकाश महरा, प्रोडक्सन मेनेजर प्रकाश हमाल, संगितकार मणि थापा र दिपक शर्मा ,गायक राजेश पायल राईर जे. पापी र बिक्रम राई, गायिका सत्यकला राई, गितकार नवल खड्का, दिपक शर्मा र मिलनकान्छा किराँती आदि रहनु भएको छ ।

सो चलचित्रमा मुख्य सहायक निर्देशक( बिश्व जंङ्ग माझी रहनु भएको छ भने कलाकारहरू नवल खडका, गौरब पहाडी, रेविका गुरूङ्ग, प्रशान्त यादब,सुरबिना कार्की मुरलिधर संजय खतिवडा रोमियन लिम्बू प्रेम सुब्बा पर्शुराम चौधरी पुष्प श्रेष्ठ महेश गिरी रवि शाह केशव रायमाझी राजेन्द्र भगत पन्नालाल चौधरी अन्जु के।सी। खेम नेपाली देवेन्द्र कोईराला राम बिश्वास थारू मातृका घिमिरे रितु चौधरी रामेश्वर बुर्लाकोटी प्रतिक श्रेष्ठ प्रेम कार्की छवि बैरागी घिमिरे तथा बालकलाकार ( नादिया खड्का र सनया खड्का आदि रहनु भएको छ ।

You might also like
Loading...