आदर्श माध्यमिक विद्यालयमा चिन्तामणी कंडेल शिक्षा पुरस्कार अक्षयकोष स्थापना

0 662

बाँके । नेकपा( क्रान्तिकारी माओवादी) पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता हरिभक्त कंडेलका परिवारले आफ्ना बुबा चिन्तामणी कंडेलको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन ।

बाँके जिल्लाको खजुरा गाउँपालिकामा रहेको आदर्श माध्यमिक विद्यालयमा बुबाको नाममा परिवारजनले रु दुई लाख एक हजारको चिन्तामणी कंडेल शिक्षा पुरस्कार अक्षयकोष स्थापना गरेका हुन । विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा नेता कंडेलले सो विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटा र बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष नेत्र रानाभाट समक्ष्य दुई लाख एक हजारको चेक हरि भक्त कंडेल ,दमयन्ति कंडेल र सुमित्रा कंडेल भट्टराईद्वारा हस्तान्तरण गर्दै गरिव, विपन्न तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृद्धि दिने गरी अक्षयकोषको स्थापना गरेको कुरा बताउनु भयो ।

साथै, उक्त कार्यक्रममा कंडेलले बर्तमान सरकारको शैक्षिक छेत्रमा देखिएका समस्या र बिद्यालय ब्यबस्थापन समितिको भुमिका बारेमा राख्नु भएको थियो । बुबाको सम्झनामा गरिव, विपन्न तथा जेहेन्दार बिद्यार्थीको शैक्षिक विकास र सिकाइ विकासमा सानो रकम भए पनि सहयोग पुगोस् भन्ने उदेश्यले सो रकम सहयोग गरेको पारिवारिक स्रोतले जनपथ खबरलाई जानकारी दिएको छ ।

You might also like
Loading...