क्रान्तिकारी पंक्तिमा नयाँ आशाका किरण: धुब्रीकरण र पुर्नमिलनको अभियान तीब्र

0 342

काठमाडौं ।  नेकपा (क्रान्तिकारी माओवादी)ले माक्र्सवाद–लेनिनवाद–माओवादको बैचारिक आलोकमा रहेर संर्घष गर्दै आएका सच्चा मालेमावादी पार्टी समुह एंव ब्यक्तित्व संग धुब्रीकरण अभियान शुरु गरेको छ ।

 बिभिन्न पार्टीभित्र रहेका सच्चा क्रान्तिकारी समुह तथा ब्यक्तित्वहरुको धुब्रीकरण गरेर क्रान्तिकारी शक्ति निर्माणमा लागि परेको क्रान्तिकारी माओवादीले यसलाई क्रान्तिकारीहरुको पुर्नमिलनको संज्ञा दिएको छ ।
‘अब प्रचण्ड र विप्लवहरुसंग पार्टी एकता होइन’ – पौष २७ गते राजधानीस्थित संवाद डवलीमा आयोजित पत्रकार भेटघाटका क्रममा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले भन्नुभएको थियो– ‘बिभिन्न पार्टीभित्र रहेर संर्घष गर्दै आउनुभएका कमरेडहरुबीचमा हामी छिट्टै धुब्रीकरण अभियान संचालन गर्छाै ।’
त्यस्तै सोही दिन ईच्छुक सांस्कृतिक प्रतिष्ठान घट्टेकुलोमा आयोजित भक्तबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको १० औं स्मृति दिवसमा जनयुद्धका बेला बिभिन्न मोर्चामा रहेर संर्घष गर्दै आउनुभएका सिन्धुली जिल्लाका प्रगतिवादी एंव चर्चित कवि बलराम तिमिल्सिना विप्लव क्रान्तिकारी माओवादीमा समाहित हुनुभएको थियो ।
सो क्रममा क्रान्तिकारी माओवादीका महासचिव किरण र स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल गौरवले कवि विप्लवलाई स्वागत गर्नुभएको थियो ।
कर्यक्रममा कवि तिमिल्सिनाले आफु आफ्नै पुरानो घरमा फर्किएको भन्दै पुर्नमिलनले निकै हर्षित बनाएको बताउनुभएको थियो ।
महासचिव बैद्यको भनाई अनुसार नै पुर्नमिलन कार्यक्रम शुरु गरिएको क्रान्तिकारी माओवादीका एक केन्द्रीय सदस्यले बताए । संवाद डवलीको महासचिव किरणको भनाईसंगै देशैभर क्रान्तिकारी पंक्तिमा नयाँ आशाको संचार भएको र क्रान्तिकारी धुब्रीकरण युगको माग रहेको ती नेताको बताए । त्यस्तै क्रान्तिकारी माओवादीले नेपाल कम्युनिष्ट पार्टीका बिभिन्न घटक र माओवादी घटकमा अल्झिएर रहेका बिभिन्न ब्यक्तित्वहरुको माघ ३ गते १ बजे पुर्नमिलन कार्यक्रम आयोजना गरेको छ ।
कुपन्डोल स्थित पार्टी कार्यालयमा आयोजना हुने पुर्नमिलन कार्यक्रममा सहभागी हुन क्रान्तिकारी माओवादीका नेता सुरेश श्रेष्ठले आब्हान समेत गर्नुभएको छ । सो पुर्नमिलन कार्यक्रममा नेकपा (विप्लव) र गोपाली किराँती नेतृत्वको नेकपा (माओवादी मोर्चा) र नेकपाका बिभिन्न घटकमा आबद्ध नेता कार्यकर्ता क्रान्तिकारी माओवादीमा समाहित हुने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

You might also like
Loading...