वाणगंगा नगर समितिको प्रशिक्षण तथा बैठक सम्पन्न

0 121

कपिलवस्तु । आज नेकपा ( क्रान्तिकारी माओवादी ) वाणगंगा नगर समितिको प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता नगर समितिका सचिव कमरेड विगुलले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी ) का पाेलिट ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश समितिका सचिव कमरेड भुपेन्द्र न्यौपाने हुनुहुन्थ्यो । साथै , कपिलवस्तु जिल्ला सचिव कमरेड कमल , जिल्ला सदस्य कमरेड अमर र मनोज थापा लगायतका नेताहरुको अतिथ्यता रहेको थियो ।

प्रमुख प्रशिक्षक कमरेड भुपेन्द्र न्यौपानेले समसामयिक परिस्थितिको सन्दर्भमा प्रशिक्षण तथा बैठकमा सहभागी कमरेडहरुलाई प्रशिक्षण दिनु भएको हो । उहाँले पुरानो प्रतिक्रियावादी सत्ता, संसदीय व्यवस्था र पश्चगामी संविधानले आफ्नो नैतिक आभा र भौतिक रुपले सार समेत गुमाइसकेको छ । यो रणनीतिक दृष्टिले असफल सिद्ध भएको छ । साथै , जनताद्वारा तिरस्कृत वा अभिशप्त गरिएको छ ।

यस्तो सत्ता ,व्यवस्था ,संविधान र दलाल संसदीय पार्टीहरु तथा तिनका चाटुकार नेताहरूलाई परास्त गर्न नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाउन प्रशिक्षणको आवश्यक भएकोले यो प्रशिक्षण संचालन गरिएको कुरा समेत प्रष्ट पार्नु भयो ।

प्रशिक्षण पश्चात वाणगंगा नगर समितिले महत्त्वपूर्ण निर्णयहरु पारित गर्दै बैठक सम्पन्न भएको कुरा जनपथ खबरलाई जानकारी गराएका छन ।

You might also like
Loading...