बर्दियामा रोकिएन हात्ती आतंक: दिउँसै स्थानीयका घर तोडफोड र अन्नवालीको क्षती

0 968

बर्दिया । बर्दिया जिल्लाको ठाकुरबाब नगरपालिका वडा नं. १ डुम्रेनी गाउँ लगाएतका विभिन्न ठाउँमा जंगली हात्तीको आतङ्कले स्थानीयवासी त्रसीत भएका छन । यो समस्या तत्कालीन नभई बर्षौ देखीको हो ।

यसरी दिउँसै जंगली हात्तीको समुह गाउँमा पसेर घर तोडफोड गर्न थालेपछी स्थानीय वासी हात्ती आताङ्कले त्रसीत भएका हुन । पछिल्लो समय आज दिनको एक बजेतिर डुम्रेनी गाउँमा हात्तीले कलम बहादुर बुढाका घरमा आक्रमण गरी घर तोडफोड र अन्नवालीको क्षती गरेको छ ।

विगत लामो समय देखी हात्ती गाउँ पसेर दैनिक जस्तो घर भत्काएर गरिव दुखीले दिनभर ज्यालादारी गरेर घरमा भण्डारण गरेको अन्नपात खाने, नष्ट गर्ने, भाँडाकुडा किल्चेर क्षती गर्ने गरेको स्थानियले वताएका छन ।

हात्तीले एक्कासी दिनधाडै गाउँमा पसेर घरमा आक्रमण गर्दा भागभाग गरेर ज्यान जोगाउनु पर्ने आखिर कहिले सम्म ? हात्ती लगाएतका जंगली जनावरबाट बच्नको निम्ति लामो समयदेखि राज्यको करोडौं रुपैयाँ खर्च गरेर तारबार गरे पनि उक्त तारमा सम्बन्धित निकायले करेन्ट नछोडेकोले यसरी आफुहरु सास्ती खेपिरहेको स्थानीयको गुनासो छ।No description available.

साथै उक्त क्षेत्तका मानिसहरु हात्तीले कतिवेला किल्चेर मार्ने हो भन्ने त्रासले रातभर अनिदो वस्नु परेको उनीहरुको दुखेसो छ । हात्ती प्रभावित क्षेत्रका वासिन्दाको ज्यान जोखिममा पर्दा समेत स्थानीय स्तरबाट सामान्य राहत वाहेकका नियन्त्रणको दिगो सामाधानको पहल सम्म नगरेको स्थानीय वासीले बताएका छन ।

आजभोलि दैनिक जसो हात्ती गाउँमा प्रवेश गरी घर तोडफोड, धानको भकारी उठाएर लाने, अन्नवाली खाने, किसानले लगाएको तरकारी र वालीनाली नष्ट गर्ने गरेको त्यहाँका स्थानीयले वताए ।No description available.

You might also like
Loading...