ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0 187

बिर्तामोड । बिर्तामोड ६ बुट्टाबारीस्थित पुर्व -पश्चिम राजमार्गमा आज बिहान ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहान १०:१० बजे पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा प्रदेश ०३-००-१ ख २१४० नम्बरको ट्रकले बिपरीत दिशाबाट आउदै गरेको प्रदेश १-०१-०१५ प १७६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक मेचीनगर ८ का २७ बर्सिय बमबहादुर लेप्चा घाइते भएका थिए ।
उनलाई उपचारको बि एण्ड सि अस्पताल ल्याइएकोमा डाक्टरले चेक जाच गर्दा उनको मृत्यु भइसकेको थियो।

दुर्घटना पछि ट्रक र ट्रक चालक मकवानपुर भिमफेदि २ का सन्तोष निजार प्रहरी चौकी चाराआलीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिएका छन।

You might also like
Loading...