दाङमा एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन

0 215

दाङ । नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) दाङले पार्टीको केन्द्रीय योजना अनुसार दाङको तुलसीपुर बसपार्कमा कोणसभा सम्पन्न गरेको छ ।

क्रान्तिकारी युवा लिगका केन्द्रीय महासचिव दिल बहादुर कठायतले कार्यक्रम सञ्चालन गर्दै देश अहिले गम्भीर सङकटमा फसेको दलालहरुले राष्ट्र राष्ट्रियता बन्धन राखेर mcc जस्तो राष्ट्रघाति सम्झौता सँसदबाट अनुमोदन गरेर साम्राज्यवादी हरुको बफादार पाले बन्न खोजेको हुदा स्वाभिमानी नेपाली जनताको जनदबाब सृजना गरेर दलालहरुलाई अमेरिकातिरै लखटनुपर्ने धारणा राख्नुभएको थियोे ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका अध्यक्ष ईश्वरी प्रसाद गेैरेले देश अहिले सङकटमा रहेको यो सङकटबाट देशलाई मुक्त गर्न दलालहरुलाई समयमै ठेगान लगाउनुपर्ने , हप्तैपिच्छे जनताको ढाड सेक्नेगरि पेट्रोलियम पदार्थको मुल्यबृद्दि गर्ने , राष्ट्र राष्ट्रियताको बिरुद्ध असंलग्न परराष्ट्र विपरीत mcc परियोजना सँसदबाट अनुमोदन गरेर अमेरिकी सेनाहरूलाई खुल्लमखुल्ला नेपालमा भित्र्याउने योजनामा नेपाली दलालहरु तम्सिएकाछन ।

mcc परियोजनालाई सँसदबाट समयमै रोक्न सकिएन भने नेपालले पनि अफगानिस्तानको जस्तै अबस्था भोग्नुपर्ने दिन पर्खनुपर्ने छ । अमेरिकीहरु रणनीतिक महत्त्व क्षेत्रमा रहेको नेपाली भुमिमा रहेको महत्त्वपूर्ण खनिजपदार्थमा आँखा गाडेको भन्दै सम्पुर्ण नेपाली जनता एकजुट भएर आन्दोलनमा उत्रनुपर्ने बाध्यता आएको कुरा राखे उनले अगाडि भने २०२० को दशकमा चिनियाँ जनताको बिरुद्धमा यी साम्राज्यवादी मुलुकले हाम्रो हिमाली जिल्लामा खम्पा बिद्रोहीलाई उस्काएर चिन र तिब्बतका बिरुद्धमा ठुलो बिद्रोह भएको थियो ।

तर तत्कालीन सरकारले नेपाली सेना प्रयोग गरेर खम्पा बिद्रोह दमन गरि लखटेको इतिहास साँक्षी छ । mcc बिकासे योजनाका नाममा अमेरिकी रक्षा मन्त्रालयले हिन्द प्रशान्त सैन्य रणनीति IPS को अभिन्न अंग हो भनेरै बिज्ञप्ती निकालेको कुरा बिबिसी नेपाली सेवा मार्फत र उसको बिज्ञप्तीले प्रष्ट पारेको हुदा यो mcc बिकाशे नाममा घुमाउरो प्रक्रियाबाट अमेरिकी सेना नेपाल भित्र्याउने र चिन रुस कोरिया समेत घेर्ने र नेपाललाई रणभुमिमा रुपान्तरण गर्ने योजना अन्तरगत यो परियोजना आएको कुरा राख्दै mcc सँसदबाट पास गर्ने होइन यसलाई खारेजी गर्नुपर्ने कुरा राख्दै सम्पूर्ण नेपाली जनता आन्दोलनमा आउन अपिल गरे ।

सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्दिले जनताको ढाड सेक्ने गरेकोले तत्काल मुल्यबृद्दि फिर्ता लिन माग गर्दै लिपुलिम्पियाधुरा का बारेमा यो सरकार किन मौन छ भन्ने कुरागर्दै नेपाली भुमिबाट बिदेशी सेना हटाउन सरकारले कुटनैतिक तथा अन्तर्राष्ट्रिय दवाब सृजना गर्नु पर्ने माग गरे ।

You might also like
Loading...