क्रान्तिकारी माओवादीद्वारा राष्ट्रघाती एमसीसी मुर्दावाद भन्दै मशाल जुलुस प्रदर्शन

0 728

काठमाडौं । संसद भवन घेराउकाे पुर्वसन्ध्यामा नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रघाती एमसीसी मुर्दावाद भन्दै मशाल जुलुस प्रदर्शन गरेकाे छ ।पार्टीका पीवीएम प्रभाकिरणकाे नेतृत्वमा ललितपुरमा, पार्टी पीवीएम तथा प्रदेश ३ का सेक्रेटेरी प्रवेशकाे नेतृत्वमा काठमाडौंमा, केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज विकासकाे नेतृत्वमा चितवन जिल्लामा मशाल जुलुस सम्पन्न भएकाे जानकारी प्राप्त भएकाे छ ।
ललितपुरकाे लगनखेलबाट सरु भएकाे मशाल जुलुस मंगलबजार दरबार स्वायर क्षेत्रमा पुगेर सम्पन्न भएकाे थियाे । मशाल जुलुसलाई जिल्ला पार्टी सेक्रेटरी दिपकले सम्बाेधन गर्नु भएकाे थियाे ।
त्यसैगरी काठमाडौंमा भाेटाहिटीबाट सुरु भएकाे मशाल जुलुस असन इन्द्रचाेकमा पुगेर सम्पन्न भएकाे थियाे । मशाल जुलुसमा एमसीसी मुर्दावाद, दलालहरु हाेशियार जस्ता नाराहरु लगाइएकाे थियाे । त्यसैगरी चितवनमा विरेन्द्र क्याम्पस गेटबाट सुरु भएकाे मशाल जसलुस हाकिम चाेकमा पुगेर सम्पन्न भएकाे थियाे ।
अन्य जिल्लामा भएकाे मशाल जुलुसकाे विवरण भने आउन बाँकी छ ।
क्रान्तिकारी माओवादी लगायत ६ पार्टी र २ माेर्चाका आयाेजनामा भाेलि संसद घेराउ कार्यक्रम हुँदैछ ।

You might also like
Loading...