नेपालगन्जमा एमसीसी सम्झौता विरुद्ध र्‍याली सहित विरोध कार्यक्रम

0 198

बाँके । अमेरिकी सहयोग परियोजना मेलिनियन च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताका विरुद्ध संयुक्त बिरोध प्रदर्शन भएको छ । राष्ट्रघाती शासकहरुले छलकपट गरेर एमसीसी पास गरे जनकारबाही गर्ने चेतावनी दिएका छन । एमसिसी सम्झौता विरुद्ध नेपालगन्जमा र्‍याली सहितको विरोध कार्यक्रममा वक्ताहरुले उक्त कुरा बताएका हुन ।

बाँकेको नेपालगन्ज धम्बोजी चोकमा मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माअोवादी)सहित ६ राजनीति दलको संयुक्त आयोजनामा एमसिसी सम्झौता विरुद्ध कार्यक्रम भएको हो ।

बिरोध कार्यक्रममा बोल्दै वक्ताहरुले एमसिसी सम्झौता नेपाली जनता र राष्ट्रको अहितमा रहेको कुरा स्पष्ट पारेका छन्। एमसिसी सम्झौता पारित गर्न खोज्ने दलालहरुको विरुद्ध सडक संघर्षमा आउन आम नेपाली जनतालाई आग्रह गरेका छन्।

You might also like
Loading...