नेकपा (क्रान्तिकारी माओवादी ) कञ्चनपुले जनयुद्ध दिवस मनायो

0 183

कञ्चनपुर । नेकपा (क्रान्तिकारी माओवादी ) कञ्चनपुले २७ औं जनयुद्ध दिवस एक कार्यक्रम बिच शुभकामना आदानप्रदान गरेर मनाएकाे छ ।

फागुन १ गते जनयुद्ध शुरूवात गरिएकाे सम्झनामा जनयुद्ध दिवस मनाएकाे नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रिय सदस्य हरि सुवेदीले जानकारी दिए ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कलुवापुरमा भएकाे कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य हरि सुवेदीले लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै केन्द्रिय सदस्य सुवेदीले तत्कालिन नेतृत्वमा रहेकाे पुष्पकमल दाहाल प्रचण्ड लगायतका केहि नेताहरूले जनयुद्धलाई धाेका दिएकाे बताए ।

नेकपा (क्रान्तिकारी माओवादी) राष्ट्रियता, जनगणतन्त्र समाजवादको गागि संघर्ष रहेको केन्द्रिय सदस्य सुवेदीले बताए ।

कार्यक्रम नेकपा क्रान्तिकारी माओवादी कञ्चनपुरका जिल्ला सेक्रेटरी कैलास जैसीकाे अध्यक्षतामा भएकाे थियाे । शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो

You might also like
Loading...