भोलि ५ कम्युनिस्ट पार्टी र एक मोर्चाद्वारा नेपाल बन्द

0 374

काठमाडौं । राष्ट्रघाती एमसीसी सम्झौतालाई अनुमोदनका लागि देउवा सरकारले संसदमा टेबल गर्ने तयारी थालेपछि खारेजीका लागि संघर्षरत ५ कम्युनिस्ट पार्टी र एक मोर्चाले भोलि फाल्गुन ४ गते बुधबार नेपाल बन्दको आव्हान गरेका छन् । यसअघि घोषित जुलुस र विरोधसभाको कार्यक्रमलाई नेपाल बन्दको कार्यक्रममा बदल्ने निर्णय गरेको सम्बद्ध स्रोतले जनाएको छ ।


नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (माओवादी केन्द्र समाजवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले घोषित कार्यक्रमलाई नेपाल बन्दको कार्यक्रममा बदल्न जोड गरेपछि मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा भने पछि हटेको स्रोतले जनायो ।

बन्दको आव्हान गरेका ५ पार्टी र एक मोर्चाले नेपाल बन्द सशक्त रुपमा सफल पार्न पार्टीपंक्तिलाई निर्देशनसहित सर्कुलर गरेको छ भने देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु, देशभक्त शक्तिहरु, सच्चा लोकतन्त्रवादीहरु र आम नेपाली जनतालाई सक्रिय सहभागिताको लागि विशेष आव्हान गरेको छ ।

You might also like
Loading...