प्युठानमा यनी गुरुङको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

0 208

प्युठान । आज प्युठान जिल्लाको सरुमारानी गाउँपालिका दर्भानमा यनी गुरुङको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । पुरानो रुढीबादी एवं परम्परागत संस्कार अनुसार नभई कम्युनिस्ट नैतिक मूल्य एवं मान्यतामा आधारित श्रद्धाञ्जली कार्यक्रम भएको छ ।

उक्त श्रद्धाञ्जली कार्यक्रमको अध्यक्षता नेकपा ( क्रान्तिकारी माओवादी ) का केन्द्रीय सदस्य एवं प्युठान जिल्ला इन्चार्ज कमरेड टिकाराम पौडेलले गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण एवं संचालन नेत्र खनालले गर्नु भएको हो ।

नेकपा ( क्रान्तिकारी माओवादी ) जिल्ला समिति प्युठानले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमको प्रमुख अतिथि पार्टीका पाेलिट ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज कमरेड प्रेम सुवेदी हुनुहुन्थ्यो ।

साथै , अतिथि नेकपा ( क्रान्तिकारी माओवादी ) का पोलिट ब्युरो सदस्य एवं गण्डक प्रदेशका इन्चार्ज कमरेड केशबहादुर परियार ,नेकपा ( क्रान्तिकारी माओवादी ) का पिवीएम एवं लुम्बिनी प्रदेश सचिव कमरेड भुपेन्द्र न्यौपाने , त्यसैगरी सोही पार्टीका केन्द्रीय सदस्य एवं दाङ्ग जिल्ला इन्चार्ज समीर केसी , केन्द्रीय सदस्य एवं प्युठान इन्चार्ज कमरेड टिकाराम पौडेल , लगायत केन्द्रीय तथा जिल्ला नेताहरु र विभिन्न राजनीतिक दलका नेताहरू अतिथि हुनुहुन्थ्यो ।

You might also like
Loading...