समाजसेवी रावलद्वारा रिता थारूको उपचारका लागि आर्थिक सहयोग

0 519

बर्दिया । समाजसेवी विनय रावलले बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नं.२ कर्मला निवासी रमेश थारूकी श्रीमती रिता थारूको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ ।

निजलाई नियमित उपचार गराउन अत्यन्तै समस्या परेकाे हुँदा रावलले निजका श्रीमान् रमेश थारूलाई तत्काल राहत स्वरूप रू.२०,०००/-(बिस हजार) नगद दिएर सहयाेग गर्नु भएको हो ।साथै उहाँले टाउकाेमा गम्भीर चाेट लागेकी रिता थारूकाे सिघ्र स्वास्थ्य लाथकाे कामना समेत गर्नुभएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जले खाेलेकाे खरकटाईमा मिति २०७८/१०/२५ गते दाउरा संकलन गर्ने क्रममा रूखबाट खसेकाे दाउराले टाउकाेमा चाेट लागि गम्भीर घाईते हुनुभएको थियो । हाल रिता थारूकाे मेडिकल कलेज काेहलपुर बाँकेकाे न्युराे वार्ड वेड नं.२७ मा उपचार भईरहेकाे छ ।

नागरिकहरूलाई सहज परिवेशमा सेवारत प्रशस्त संघ/संस्था र राज्य-संरचनाका अंगहरू पनि छन् । तर जब नागरिकहरू बिबिध परिस्थितिजन्य अकल्पनिय घटना, दुर्घटनाहरूबाट पिडित हुन्छन त्यस समयमा सक्रिय र सहयाेगि भुमिकामा कुनै पनि अंगहरू देखिदैन्न ! याे अवस्थामा राज्यसंयन्त्र माैनरहनु अत्यन्तै दुखद पक्ष हाे । यी सबै परिघटनाले राज्य व्यवस्था असफल भएको देखिन्छ ।

You might also like
Loading...