कञ्चनपुरमा एमसिसी सम्झैताको विरुद्ध सयुक्त बिरोध प्रदर्शन

0 267

कञ्चनपुर  ।  एमसिसी सम्झैताको बिरोधमा कञ्चनपुरमा सयुक्त बिरोध प्रदर्शन भएको छ ।  नेकपा विप्लव पार्टी , नेकपा क्रान्तिकारी माओवादी पार्टी लगायत ६ दल र अखिल क्रान्तिकारीको आयोजनामा महेन्द्रनगरमा र्याली सहित बिरोध प्रदर्शन भएको हो ।

एमसिसी चाहिँदैन ,गो व्याग एमसिसी ,दलाल हरू होसियार ,अमेरिकि दलाल मुर्दावाद ,गठबन्धन सरकार मुर्दावाद ,एमसिसी हामिलाई चाहिँदैन भन्दै नारा जुलुस सहित महेन्द्रनगरमा बिरोध प्रदर्शन  भएको छ ।

बिरोध प्रदर्शनको कोण सभा सम्वोधन गर्दै नेकपा क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश सदस्य तथा देजमो सुदुरपश्चिम‌ प्रदेश अध्यक्ष बिष्णु दमाईले कुनै पनि हालमा एमसिसी सम्झैता खारेज हुनु पर्ने बताएका छन । एमसिसी आर्थिक सहयोग नाममा देशलाई  अमेरिकाको गुलाम बनाउन नहुने बताए । एमसिसी राष्ट्रघाती सम्झैता भएकोले खारेज गरिनुपर्ने बताएका छन । देशलाई माया गर्ने सम्पुर्ण देशभक्तहरूले एक भएर लड्नुपर्ने वेला आईसकेको अध्यक्ष दमाईले बताए ।

त्यस्तै कोण सभाको सम्बोधन गर्दै  नेकपा विप्लव पार्टी का केन्द्रिय सदस्य महानले एमसिसी सम्झैता राष्ट्रघाती भएकोले खारेज हुनुपर्ने बताए । देशलाई गुलाम बनाउने काम दलाल सरकारबाट भईरहेकोले एमसिसी लगायतका राष्ट्रघाती सन्धी सम्झैता खारेज हुनुपर्ने बताए  ।

कोण सभाको सम्बोधन नेकपा विप्लव  निकट अखिल क्रान्तिकारीका केन्द्रिय सचिव बिरेेन्द्र शाह केन्दिय सदस्य प्रकाश जप्रेल लगायत जनमोर्चाका लाल बहादुले‌ गरेका थिए ।एमसिसी सम्झैता खारेजको माग गर्दै ६ सयुक्त कम्युनिष्ट पार्टीले बिरोध प्रदर्शन गर्दै छन । एमसिसीको बिरोधमा काठमाण्डौं लगायत देशभर बिरोध प्रर्दशनका कार्यक्रम भईरहेका छन । सत्ता समेझ्दारी गठबन्धन दलका नेकपा माओवादी केन्द्र र समाजवादी पार्टीले समेत एमसिसी सम्झैताको बिरोध गरेका छन।

You might also like
Loading...