बाँकेमा संघर्षरत अाठ दलद्वारा जिल्ला प्रशासन घेराउ

0 224

बाँके । राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि संघर्षरत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले बाँकेमन फागुन ८ गते प्रहरी दमनको सामना गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।

अमेरिकाको निरन्तर धम्कीपूर्ण दबाब, चीनको प्रतिक्रिया र देउवा सरकारको एमसीसी पास गर्ने तयारीले एमसीसी विरुद्धको संघर्ष गम्भिर मोडमा पुगेको निस्कर्ष निकाल्दै आठ दलले आन्दोलनलाई थप उचाईमा पुर्याउन जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम गरेका हुन ।

संयुक्त मोर्चाको आयोजनामा नारा,जुलुस प्रदर्शन सहित नेपालगन्ज बजार परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय घेराउ गरेर विरोध सभा सम्पन्न भएको छ ।

उक्त विरोध कार्यक्रमको संचालन नेकपाका कृष्ण शाहीले गर्नु भएको थियो । त्यसैगरी नेकपा क्रान्तिकारी माओवादीका तेज बिक्रम शाही,देजमो नेपाल केन्द्रीय सदस्य लक्ष्मी चौलागाई, नेकपा माओवादी केन्द्र समाजवादीका सुकै लाल, नेकपा मसालका जगदिश ढकाल, नेकपाका दिपक चलाउनेले सम्बोधन गर्नुभएको थियो ।

You might also like
Loading...