राष्ट्रघाती एमसीसी पास नगर्न प्रचण्डलाई महासचिव “वैद्य”को चेतावनी

0 493

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एमसीसी र त्यससँग जोडिएका विषयमा छलफल भएको छ ।

‘प्रचण्ड’ निवास खुमलटारमा मंगलबार बिहान भएको छलफलमा महासचिव वैद्यले एमसीसी सम्झौताका राष्ट्रघाती बुँदा संशोधन नगरी संसदमा टेबल गरेकोमा जिज्ञासा राख्नु भएको थियो ।

जवाफमा अध्यक्ष प्रचण्डले गठबन्धनमा सहमति भएर नै एमसीसी टेबल गरेको तर मतदान गर्नुपरेको अवस्थामा विपक्षमा मतदान गर्छौ भनेर भनेको कुरा प्रचण्डसँगको भेटपछि महासचिव वैद्यले बताउनु भयो ।

साथै उहाँले, यो एमसीसी राष्ट्रघाती छ, पास नगर्नुस्, पास गर्नुभयो भने राम्रो हुदैन‘ भनेर मैले प्रचण्डलाई भनेँ भन्ने कुरा पनि संचार माध्यमसँग बताउनु भयो ।

त्यस्तै महासचिव वैद्यले प्रचण्डसँगको भेटवार्तामा एमसीसीको विरोधमा भएको प्रदर्शनमा समातिएका नेकपा (क्रान्तिकारी माओवादी)का कार्यकर्तालाई विना शर्त छोड्न पहल गर्न सुझाव दिनु भएको थियो ।

नेकपा (क्रान्तिकारी माओवादी)का बसन्त बोगटी, सुनिता बुढाथोकी लगायतका कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाउने प्रयास गरिरहेको छ ।

You might also like
Loading...