राष्ट्रघाती एमसीसी विरुद्ध ६ दलले गरे आन्दोलनको घोषणा

0 328

६ दलको मंगलबार नेकपा (विप्लव)को केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले बुधबार फागुन ११ गतेदेखि फागुन १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

विहीबार प्रतिनिधिसभा बैठकमा एमसीसीबारेमा छलफल शुरु हुने भएकाले आन्दोलनरत ६ दलले संघीय सांसदहरुलाई एमसीसीविरुद्धमा खडा हुन पत्राचारसमेत गर्ने जनाएका छन् ।

आन्दोलनको कार्यक्रमअन्तर्गत भोलि दिउँसो सांस्कृतिक क्षेत्र लगायतको विरोध प्रदर्शन र बेलुका देशैभर मसाल जुलुस प्रदर्शन गर्ने भएका छन् ।

यस्तै, फागुन १२ गते काठमाडौंमा माइतीघर मण्डलाबाट प्रदर्शनसहित संसद भवन घेराउ, फागुन १३ गते देशब्यापी कोणसभा, फागुन १४ गते पुनः प्रदर्शनसहित संसद भवन घेराउ तथा देशब्यापी रुपमा जिल्ला प्रशासन कार्यालय घेराउ, फागुन १५ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन तथा वृहत्त संयुक्त विरोधसभा र देशब्यापी विरोध प्रदर्शन तथा विरोधसभाहरु गर्ने रहेका छन् ।

You might also like
Loading...