समाजमा अनेकौं समीक्षालाई ‘भर्जिन माल’ बोलाइन्छ र ‘खाने’ चाहना राखिन्छ

0 800

मिक्षाको पक्षमा लेखेर पछूतो छैन । हाम्रा कलमहरुले लेख्नु पर्ने नै समीक्षाको पक्षमा हो । शब्दहरु अलि कडा लाग्लान, तर समाजमा अनेकौं समीक्षा छन, जसलाई ‘माल’ बोलाइन्छ । अझ भनौं ‘भर्जिन माल’ बोलाइन्छ र ‘खाने’ चाहना राखिन्छ । समाजमा अनेकौं समीक्षा छन, जो कसैको प्रेममा अन्धो भएर ‘बिस्तरा’ बनिरहेको पत्तो समेत पाउँदैनन । समाजमा अनेकौं समीक्षा छन, जसको महत्वाकांक्षाले डोर्याएर उनीहरुलाई बलात्कृत र हत्या हुने अवस्था सम्म पुर्याउँछ । यो कुनै अधिकारी थरकी समीक्षाको कुरो मात्र हैन ।

यो पुरुषप्रधान समाज हो । त्यसमाथि पनि यो शक्तिप्रधान समाज हो । शक्तिशाली मानिसका ठूला भन्दा ठूला गल्ती ढाकिने र निर्बल मानिस जीवनभर ‘जलील’ हुने समाज हो यो । ‘एम सर’ फेरि राजनीतिमा आउनुभयो, तर ती महिला पागल करार भएकी छिन ।

हो, केही प्रक्रियागत गल्तीहरु होलान । केही आवेश र आवेगहरु होलान । ‘अति’ भए पछि प्रतिशोधका भावनाहरु पनि उत्पन्न भए होलान । यसकै आधारमा लैंगिक हिंसा र दमनहरुलाई ‘सामान्यीकरण’ गर्न मिल्दैन । यो समाजमा पुरुष आधिपत्य र वर्चस्व थियो,छ र कहिले सम्म रहिरहने हो थाहा छैन । यसको अर्थ पुरुष पीड़ित नै छैनन भन्ने पनि होइन । समाज अध्ययन गर्दा सापेक्षतामा गरिनुपर्छ ।

हामी लेख्नेहरु न्यायाधिश हैनौं, हामी ‘फिस’ पाएका वकिल पनि हैनौं । तर हामीले धारणा राख्न हामीलाई हाम्रो व्यवस्थाले दिएको छ, संविधानले दिएको छ ।

बाल/किशोर मस्तिष्क र वयस्क मस्तिष्क एकै किसिमको हुँदैन । त्यसैले कानूनमै उमेर समूहहरु उल्लेख गरिएको छ र हिंसाका प्रकारहरु पनि उल्लेख गरिएको छ ।

समाजका नायक मानिएकाहरु (रिलका होऊन वा रियलका) प्रचलित कानूनका पहिलो पालक हुनुपर्छ । तर त्यस्तो ज़िम्मेवारीबोध राजनीतिज्ञ देखि आम मानिस सम्ममा देखिंदैन । देश अस्तव्यस्त छ । कानूनमा छिद्रहरु छन । पद र पहुँचको आधारमा आपराधिक उन्मुक्तिहरु संस्थागत भएका छन । ‘मैले यति गरे कसले के गर्न सक्ला र ?’ भन्ने मानसिकता प्रत्येक मानिसको मगजमा भरिएको छ । हत्या,बलात्कार जस्ता विषयहरु एकथरिको लागि मनोरंजनका साधन बनेका छन, अर्कोथरीका लागि अर्थोपार्जनका उपाय बनेका छन । छोरीचेली सबै भन्दा असुरक्षित छन । विज्ञान र प्रविधिको चरम दुरुपयोग छ । क्षणभरको ‘पपुलरिटी’ को लागि मानिसहरु ‘जे पनि’ गरिरहेका छन । यही अस्तव्यस्त समाजका उत्पादन हुन यी कथित ‘काण्डहरु’ पनि !

सबैभन्दा बढि नराम्रा सामग्री हेरिने समाज बनेको छ नेपाली समाज । नराम्रा कुरा फैलाइने समाज बनेको छ नेपाली समाज । चेतना हिंड्न सुरु गरेकै छैन, प्रविधि विश्वस्तरको भित्रिएको छ । चेतना र प्रविधि बिच गतिलो तालमेल नहुँदा समाज उथलपुथल बनेको छ ।

चाहे उमेर नपुगेका बालबालिकाको यौन शोषण होस वा तिनै उमेर नपुगेका भनिएका बालबालिकाको अस्वाभाविक ‘एडल्ट’ व्यवहार होऊन, सबै अस्तव्यस्त समाजका बाइप्रोडक्ट हुन ।

तर सत्य त सत्य हो । सत्य यो हो कि देश र समाजको लागि एउटा लिखित कानून हुन्छ, जसले अड्डा अदालत र जेल नेल पुर्याउँछ । अर्को अलिखित कानून हुन्छ, जसले मानिसलाई आफ्नो मर्यादा र दायरामा बाँधेर राख्छ । अलिखित कानून उल्लंघन हुने समाजमा चाहिने हो लिखित कानून । तर हाम्रो समाज त लिखित कानूनले नै तह लगाउन नसक्ने यात्रामा अघि बढिरहेछ, के गर्न सकियो र ?

समयले सबलाई सतबुद्धि देओस् !😷 हेमन्त गिरी

You might also like
Loading...