बर्दियामा एमसीसी विरुद्ध प्रदर्शन: पिविएम न्यौपाने सहित ४ जना गिरफ्तार

0 1,001

बर्दिया । आजको नेपाल बन्दको क्रममा शान्तिपुर्ण जुलुस माथी प्रहरीले हस्तक्षेप गरि नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी )का पोलिट ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सचीव भुपेन्द्र न्यौपाने , क्रान्तिकारी युवा लिङ्गका महासचिव दिल बहादुर कठायत, ने क पा ( क्रान्तिकारी माओवादी ) बर्दियाका सचीव बिपिन ,नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य प्रतिकलाइ भुरिगाउँ बजारबाट गिरफ्तार गरेको छ ।

आज बर्दियाको भुरिगाउ बजारमा राष्ट्रघात तथा जनघातका विरुद्धमा नेकपा (क्रान्तिकारी माओवादी) सहित आठ दलीय संयुक्त मोर्चाले गरेको नेपाल बन्द सफल पार्न उक्त विरोध कार्यक्रम भएको हो ।

देशमा राष्ट्रघात र जनघातका विरुद्ध जनस्तरबाटै खारेज गर्नको निमित्त राष्ट्रिय मुक्ति युद्ध नै आजको मुख्य विषय बन्न गएको नेकपा (क्रान्तिकारी माओवादी) पार्टीको निष्कर्ष निकालेको छ ।

उक्त पार्टीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको स्वाधिनताको विरुद्धमा भएको भन्दै खारेज हुनुपर्ने बताएको छ ।

You might also like
Loading...