नामधारी कम्युनिस्टले एमसीसी पारित गरेर थप राष्ट्रघात गरे: मोहन वैद्य

0 245

काठमाडौं । एमसीसी सम्झौताविरुद्ध संघर्षरत वामपन्थी दलले शुक्रबार राजधानीमा विरोध कार्यक्रम सम्पन्न गरेका छन् । नेकपा ( क्रान्तिकारी माओवादी) सहित ६ दल र २ मोर्चाको आयोजनामा खुल्ला मञ्चमा विरोध सभा सम्पन्न भएको हो । उक्त विरोध सभा पहिले विशाल विरोध र्‍याली प्रदर्शन गरेर आजको कार्यक्रम भव्य रुपमा सम्पन्न गरेका छन ।

हजारअौँ क्रान्तिकारी र देशभक्त शक्तिको सहभागितामा सुरु भएको प्रदर्शन र जनसभामा नेकपा ( क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य “किरण” सहित ६ दल र २ मोर्चाका शीर्ष नेताले सम्बोधन गरेका छन।

उक्त कार्यक्रमको अध्यक्षता नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले गर्नुभएको थियो । वैद्यले एमसीसी विरोधी आन्दोलन जारी रहेको र यसको ऐतिहासिक महत्व रहेको बताउनु भयो। साथै उहाँले भन्नुभयो, ‘यो राष्ट्रघाती छ । नेपालमा एउटा राष्ट्रघात थप भएको छ । रूपमा यो सम्झौता आर्थिक सहयोग भनेर आइरहेको छ । तर सारमा यो हिन्द प्रशान्त रणनीतिसँग सम्बन्धित छ र नेपाललाई अमेरिकाको सैन्य अखडा बनाउने उद्देश्यमा आधारित रहेको छ ।’

उहाँले यो साम्राज्यवादको नवउपनिवेशवादी चरित्रअनुसार आएकाले कम्युनिस्ट आवरणमा गएका सबैले राष्टघाती सम्झौता एमसीसी पारित गरेर थप राष्ट्रघात गरेको बताउनु भयो । देशभक्तहरु, वामपन्थीहरु, कम्युनिस्टहरु, सच्चा लोकतन्त्रवादीहरु, सच्चा क्रान्तिकारीहरु एक भएर अमेरिकी साम्राज्यवादको धृष्टतामा यो सम्झौताको निरन्तर, दृढतापूर्वक विरोध गर्दै सशक्त आवाज उठाउनु आवश्यक रहेको उहाँले बताउनुभयो।

You might also like
Loading...