खोटाङमा अनेरास्ववियु क्रान्तिकारीद्वारा शिक्षकमाथि जनकारबाही

0 323

खोटाङ । मोहन वैद्य “किरण” नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीले खोटाङमा एक शिक्षकमाथि जनकारबाही गरेको छ ।

लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, रक्सी खाएर विद्यालय जाने, पढाउन जाँदा कक्षामै सुत्ने गरेको आरोप लगाउँदै अनेरास्ववियु क्रान्तिकारीले शिक्षकमाथि उक्त जनकारबाही आज गरेको हो ।

त्यसैगरी शिक्षकलाई सुध्रन पटक–पटक सुझाव दिएको र सम्बन्धित निकाय गाउँपालिकाको शिक्षा शाखामा समेत उजुरी गर्दा उल्टै बचाउ गरिएकाले कालो मोसो र जुत्ताको माला लगाइ जनकारबाही गरिएको बताइएको छ ।

खोटेहाङ गाउँपालिका ६ इन्द्रेणीपोखरी नरहामा रहेको पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई उक्त जनकारबाही गरिएको हो ।

अनेरास्ववियु क्रान्तिकारीका १नं. प्रदेश सदस्य पावेल राईलाई उक्त घटनामा संलग्न भनी गिरफ्तार गरिएको प्रति संगठनले घोरविरुध एवं आपत्ति जनाएको छ । विद्यार्थी नेता राईलाई विनासर्त तुरुन्तै रिहाइ नगरे उत्पन्न हुने समस्याको जिम्मेवारी सम्बन्धित निकाय हुनुपर्ने चेतावनी समेत उक्त संगठनले एक प्रेस विज्ञप्ति जारी गर्दै दिएको छ ।

You might also like
Loading...