दलालहरुले बिदेशी शक्तिकेन्द्रको चाकरी गर्न सदनबाट एमसीसी पास गरे : मन बहादुर वली

0 191

दाङ । केन्द्रीय कार्यक्रम अन्तरगतका छ दलिय मोर्चाको आन्दोलन निरन्तर चलिरहेका छन । आज दाङमा कृयासिल छ दलिय युवा मोर्चाले घोराही बजार को ट्राफिक चोकबाट नाराजुलुस घन्काउदै नगर परिक्रमा गरेर तुलसीपुर चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख वक्ता नेकपा निकट युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनले दलालहरुले संसदबाट mcc अनुमोदन गरेर साम्राज्यवादको चाकरी गरेको बताउदै नेपाली जनताले सडक सङघर्षबाट mcc खारेजी गर्नुपर्ने र यी दलालहरुलाई देशबाट निकाला गर्नुपर्ने कुरा राख्नुभएको थियो ।

नेकपा (मसाल) निकट अखिल नेपाल युबक संघ दाङका जिल्ला अध्यक्ष चित्र बहादुर एम सि ले दलालहरुले नयाँ राष्ट्रघात गरि सदनबाट mcc सम्झौता अनुमोदन गरि प्रभुहरुको चाकरी गरेको कुरा बताउनुभयो ।

नेकपा निकट युवा संगठन दाङका अध्यक्ष बिरेन्द्र ले नेपाली जनतालाई घोकादिने दलालहरुलाई ठेगान लगाउनुपर्ने यसको जिम्मेवारी युवाहरुले लिनुपर्ने बताउनुभयो ।

कार्यक्रम अर्का वक्ता नेकपा ( क्रान्तिकारी माओबादी) निकट युवा संगठन क्रान्तिकारी युवा लिग नेपाल दाङका फ्याक्सन इञ्चार्ज मन बहादुर वलीले दलालहरुले बिदेशी प्रभुको दवाबमा परेर नेपाली जनताको आवाज कुल्चिदै कसरी राष्ट्रघात गर्नपुगे ? नेताहरूलाई जनताले सोध्नुपर्ने र आउदो चुनाबमा नयाँ तानाबुना बुनेर फेरि हामीलाई झुक्याउन आउदैछन ,सबैलाई सजक र सचेत रहदै राष्ट्रघातिहरुलाई गाउँगाउँबाट लखेटनुपर्ने भएकोले जनताले साथदिन अपिल गर्नुभयो ।

इतिहासमा नेपाली जनता सुघौली सन्धि भन्दा अगाडि स्वतन्त्र रहेको त्यसपछि हामी स्वतन्त्र नरहेको कुराराख्दै कोशी गण्डकी कर्णाली महाकाली कालापानी हुदै अहिले mcc सम्झौता सँसदबाट अनुमोदन गरेर अमेरिकी साम्राज्यवादलाई निम्ता दिएकाले समयमै दलालहरुलाई गाउँगाउँ बाट सबै दलालहरुलाई तह लगाउनुपर्छ भन्दै देश सिरिया ,बुरुणडी अफगानिस्तान हुदै युक्रेनको जस्तो परिस्थिति सृजना हुने भएकोले सडकबाट mcc खारेजी का साथसाथै दलालहरुलाई पनि बढार्नुपर्ने भएकोले सबैलाई सजक रहन आग्रह गर्नुभयो । उक्त कार्यक्रम सञ्चालन मनोजले गर्नु भएको थियोे ।

You might also like
Loading...