बर्दियामा एमसीसी खारेजीका लागि संयुक्त मार्च पास तथा बिरोध प्रदर्शन

0 579

बर्दिया । संसदबाट पारित राष्ट्रघाति एमसीसी सम्झौता खारेजीको लागि संयुक्त मार्च पास तथा बिरोध प्रदर्शन भएको छ । हिजो बर्दियाको राजापुरमा क्रान्तिकारी युवाहरूले संयुक्तरूपमा उक्त बिरोध कार्यक्रम गरेका हुन ।

सो कार्यक्रमको सन्चालन क्रान्तिकारी मधेशि मुक्ति मोर्चा बर्दिया जिल्ला तथा जिल्ला सचिवालय सदस्य- क. बिशालले गर्नुभएको थियो ।

त्यस कार्यक्रममा युवा संघ नेपालका क. आशिष,दे. ज. मो. बर्दिया जिल्ला अध्यक्ष क. बिक्रम भण्डारी,ने.क.पा.का राजापुर नगर इन्चार्ज -क. राम बिश्वकर्माले मन्तव्य राख्नु भएको थियो ।

त्यसैगरी बिशेष मन्तब्य क्रान्तिकारी युवा लिंगका बर्दिया जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य -क. कुमार काफ्लेले राख्नु भएको थियो ।

उक्त विरोध कार्यक्रममा प्रमुख वक्ताका रुपमा क्रान्तिकारि ( माओवादी ) केन्द्रिय सल्लाहकार सदस्य – क. खडक बहादुर मल्ल रहनु भएको थियो ।

You might also like
Loading...