कैलालीमा यौन धन्दा संचालन गर्ने होटल व्यवसायी पक्राउ

0 262

कैलाली । कैलाली जिल्लामा यौन धन्दा संचालन गराउने दुई होटल व्यवसायी सहित उक्त कार्यमा संलग्न पाँच जना युवती पक्राउ परेका छन ।

कैलालीको धनगढी बजारमा यौन धन्दा भईरहेको छ भन्ने विशेष सुचनाका आधारमा उक्त होटलमा छापा मार्दा उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।

उक्त धन्दा संचालन गराउने २ जना होटल व्यवसायीहरु पक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलाली जिल्लाको धनगढी उ.म.न.पा.०७ स्थित रहेको फुडल्याण्ड होटल र लक्ष्मी होटलमा छापामारेको प्रहरीले जनाएको छ ।

You might also like
Loading...